दफा
ढाँचामा नभए पनि दर्ता गर्नु पर्ने
(१) संहिताको दफा ४ को उपदफा (१) वा (७) बमोजिम पर्न आएको जाहेरी दरखास्त संहिताको अनुसूची-५ बमोजिमको ढाँचामा नभए पनि सम्बन्धित कार्यालय वा अधिकारीले बुझी लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्तको सम्बन्धमा अन्य कुनै आवश्यक कुरा खुलाउन पर्ने देखिएमा सम्बन्धित कार्यालयले जाहेरी दरखास्त वा सूचना दिने व्यक्ति समक्ष कर्मचारी पठाइ वा निजलाई कार्यालयमा झिकाइ आवश्यक कुराहरू खुलाउन सक्नेछ ।